१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मेलीना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक


१३ माघ, काठमाडाैँ । पछिल्लो समयकि चर्चित तथा ब्यस्त गायीका मेलीना राईको स्वरमा सजिएको “धड्किरहन्छ मुटुभरी” बोलको गीतसँगै भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ सर्मा ज्युको सब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

मर्मस्पशि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन । भिडियोमा जातिय माया प्रेम र्दशाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई घृण्ती समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् ।

अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् । युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अबलोड गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १२:५२