१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आजबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बिक्री खुल्ला


१३ माघ, काठमाडाैँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई आज देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले १ कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले १ सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गर्न लागेकाे हाे।

बैंकले साविक १ कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गर्न लागेकाे हाे।

हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते बुकक्लोज गरेको थियो। यसअनुसार पुस २८ गते मंगलबारसम्म कायम रहने बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिने सक्नेछन्।

उक्त हकप्रदमा लगानीकर्ताले आज  देखि प्रतिकित्ता १०० रुपैयाँको दरले  फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । बैंककाे हकप्रदलाई इक्रा नेपालले ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १२:३९