११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशन गर्ने


१३ माघ, काठमाडाैँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधरण सेयर (आइपिओ) निष्काशन गर्ने भएकाे छ । आइपिओ निष्काशन गर्ने प्रस्तावसहित  बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

माघ ९ गते बसेको कम्पनीको  संचालक समितिको बैठकले गरेको निर्णयानुसार फागुन ७ गते  रजिष्टर कार्यालय, महाराजगंज, काठमाडाैँमा दिउँसो ३ बजे  कम्पनीको उक्त सभा सुरु हुनेछ ।

सभामा आइपिओ निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ । साथै कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०९:५८