१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सूर्य चिन्हबारे भ्रम नपाल्न पूर्वमन्त्री बाँस्कोटाको आग्रह


१२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले सूर्य चिन्हको बारेमा भ्रम नपाल्न अनुरोध गरेका छन । सामाजिक सञ्जाल मार्फत पूर्वमन्त्री बाँस्कोटाले सूर्य चिन्ह केपी ओली नेतृत्वको नेकपाकै हुने भन्दै चिन्हबारे भ्रम नछर्न पूर्व माओवादीका नेताहरूलाइ आग्रह गरेका छन ।

उनलले भनेका छन ‘कि नयाँ पार्टी खोल कि त नेकपा र सूर्य चिन्ह बोक्न तयार बन । अरु त के विकल्प बाँकी रह्यो ? पुमा कम्पनीका केही कमरेडहरुले अझै आधिकारिकता र सूर्य चिन्ह बारे किन भ्रम छरिरहेका होलान ? छटपटाहटमा रहनु भन्दा शान्तपुर्वक सत्य स्वीकार्नु वेश।’

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १८:३२