४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

१२ माघ, काठमाडौंँ । रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि.को एप्सको शुभारम्भ कम्पनीको कार्यालय, महाराजगञ्ज, काठमाण्डौमा एक समारोहका बीच डब्लु.डब्लु.एफ.नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङ्गले गर्नुभएको छ ।

कम्पनीका अध्यक्ष श्री तिलक बहादुर ढकालज्यूको अध्यक्षतामा सम्पन्न उक्त शुभारम्भ कार्यक्रममा देशभित्र र बाहिरका विज्ञ, जिज्ञासु तथा उपभोक्ताहरुले रैथाने उत्पादन तथा बजारीकरण र एप्सबारे आफ्नो धारणा राख्दै एप्सको शुभारम्भ अबसरमा कम्पनीलाई शुभकामना दिनु भएको थियो ।

भर्चुवल माध्यम तथा प्रत्यक्ष सहभागितामा संचालित सो कार्यक्रममा पूर्वसचिव कृष्णराज विसि, वातावरण विज्ञ डा. जगन्नाथ जोशी, योजनाविद् डा.चन्द्रकान्त पौडयाल, वातावरण विज्ञ कृष्ण पोख्रेल,कृषि विज्ञ डा.देवेन्द्र गौचन अर्थविद् धन प्रसाद राई ,पूर्वप्रशासक तिलक पौडयाल,जापान निवासी वातारण विज्ञ उदयराज कंडेल, संरक्षणविद् बाबुकृष्ण कार्की लगायतले आआफनो धारणा राख्नुका साथै सफलताको शुभकामना प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको सुरुमा कम्पनीका अध्यक्ष श्री तिलक बहादुर ढकालबाट रैथाने एग्रिप्रडक्टस् नेपालको परिचय तथा कम्पनी स्थापनाका एक बर्षको अवधिमा कम्पन्नीले प्राप्त गरेका उपलब्धिहरु, कम्पनीको रणनैतिक योजना र कार्यक्रमहरुबारे धारण राख्नु भएको थियो । साथै एप्स निर्माणकर्ता एकवाना नेपाल का श्री गौरव पाण्डेयले एप्स बारेमा जानकारी गराउनु भयो । सो एप्स तयार गर्न स्वीस कन्टयाक्ट कासा प्रोजेक्ट बाट आर्थिक तथा प्राबिधिक सहयोग प्राप्त भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डब्लु.डब्लु.एफ.नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङ्गले रैथाने एग्री प्रोडक्टस र यसको संरक्षण क्षेत्र संगको अन्तर सम्बन्ध र अन्तरनिर्भरताबारे प्रकाश पार्नु हुदै रैथाने कम्पनीले नेपालको सांस्कृति र रैथाने कृषि उत्पादन संरक्षण र प्रबर्धनका लागि गरेको प्रयास अत्यन्त्य उत्साहवर्धक रहेको र यसको सफलताका कामना व्यक्त गर्नु भएको थियो l

उक्त अबसरमा रैथाने नेपाल डटकम एप्सको शुभारम्भ अबसरमा यस एप्स मार्फत रैथाने सामाग्रीहरुको कारोवार गर्ने उपभोक्ताहरुको लागि एक महिनासम्म विशेष छुटको व्यवस्था गरेको समेत जानकारी गराइएको थिायो । रैथानेले काठमाडौमा निशुल्क होम डेलिभरीको सेवा प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमा शहरका विभिन्न स्थानमा सातै दिन घुम्ती हाट शिविर संचालन गर्न लागेको अध्यक्ष ढकालले बताउनु भयो ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १६:४९