८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्सेलाई एनसीसी बैंकले पठायो यस्ताे जवाफ


१२ माघ, काठमाडाैँ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेप्सेले हिजो मागेको स्पष्टीकरणको जबाफ पठाएको छ। आइतबार बैंकको एनसीसीको सेयर मूल्य अस्वभाविक रुपले बढेको थियो । सेयर मूल्य एक्कासी बढेपछि नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो ।

सोही पत्रको जबाफमा  बैंकले आज नैप्सेलाइ एक पत्र लेख्दै बैंकका तर्फबाट मूल्यमा प्रभाव पार्ने कुनै किसिमका निर्णय तथा कार्य नभएको स्पष्ट पारेको छ। माघ ९ गते बसेको बैंकको साधारण सभाले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०५ नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । त्यसयता सेयर मूल्य बढ्न सक्ने कुनै निर्णय नभएको बैंकले बताएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १६:४४