१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै


१२ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले माघ १३ गते देखि १० अर्बको विकास ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले ७ वर्ष अवधिकाे “विकास ऋणपत्र २०८४ (ङ)” नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण गर्ने बैंकले जनाएको छ ।

यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन्। यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ। याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल माघ १३ गते २ बजे हुनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन्।


माघ १३ गते बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ। व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ। इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १५:४४