११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

दाेहाेराे अंकले बढ्याे सेयर बजार, ८ अर्ब बढीकाे कारोबार


१२ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐतिहासिक रेकर्ड कायम भएको छ । साताको दोस्रो दिन नेप्सेमा रेकर्ड कायम गरेको हो । साेमबार हालसम्मकै उच्च बीन्दुमा पुगेर नेप्सेले रेकर्ड बनाएको हो ।

सोमबार नेप्से परिसूचक १६.०४ अंकले बृद्धि भएर नयाँ रेकर्ड बनाउँदै २४४०.८७ अंकमा बन्द भएको छ । त्यस्तै, सोमबार २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ७२ हजार ७७३ पटक किनबेच हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँको कारोबार भएको छ ।

१ करोड ९२ लाख ८५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कुल १२ समूहको कारोबार भएकामा ५ समूहको सूचक वृद्धि भएको छ । आधा दर्जन कम्पनीको मुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्साेरेन्स अग्रस्थानमा रहेको छ । यसको ६० करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नबिल बैंक र तेस्रोमा एनसीसी बैंक परेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १५:३८