७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेकपा नुवाकोटः नारायण खतिवडाको आँगन रित्तै, प्रभावशाली युवा मुलधारमा


-प्रशान्तजंग पाण्डे 

१२ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी ((नेकपा)को समानान्तर गतिबिधि चलिरहेकै बेला नुवाकोटमा पनि तीब्र ध्रुवीकरण भैरहेको छ । तत्कालीन एमाले बलियो गुट बनाएर अर्को समूह माथि अत्याचार गर्ने नेकपा सचिव नारायणप्रसाद खतिवडाको गाउँमा उनी एक्लिदै गएका छन । उनको आँगनबाटै बिद्रोह भैरहेको छ ।

यसअघि पत्रकार विष्णु तारूकेले खतिवडा समूहबाट बिद्रोह गरेका थिए । अहिले तारकेश्वर गाउँपालिका प्रमुख एवं नेकपा नुवाकोटका जिल्ला कमिटी सदस्य रमेश वस्तीले गुटवादी र फुटवादी अभियानमा नलाग्ने निर्णय लिएका छन । उनले नेकपाको मुलधार अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहने जनाएका छन ।

वस्तीले त्यस्को सन्देश दिन प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँग नुवाकोटका अन्य युवा नेतासँगै रहेको तस्बीर सार्वजनिक गरेका छन । रिमालसँगको कुराकानी पछि वस्ती ओली नेतृत्वको मुलधारको नेकपामा क्रियाशिल हुने निस्कर्षमा पुगेको भेटमा सहभागी अर्का जिल्ला कमिटी सदस्यले जानकारी दिए ।

यसअघि नै प्रभावशाली युवा नेता वीरवल तामाङले पनि खतिवडा समूहको साथ छाडिसकेका छन । प्रभाव जमाउने युवाहरू प्राय सबै ओली नेतृत्वको नेकपामा देखिएका छन । तारकेश्वर गाउँपालिकाका प्रमुख वस्तीसँग सो पालिकामा पूर्व एमालेको ठूलै कार्यकर्ता पंक्ति रहेका छन । यसअघि अाफ्नै गाउँपालिकामा अगुवा कार्यकर्ता भेला राखेका वस्तीलाइ अन्तिम समयमा अपहरणको शैलीमा सूर्यगढी पुर्याइएको थियो । वस्तीलाइ गतलबाटोमा नजान नेकपा नुवाकोटका युवा नेताहरू गणेश श्रेष्ठ, नारायण रिमाल वीरबल तामाङ लगायतले अनुरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १०:०४