६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

माधव नेपालकाे सडककाे अध्यक्ष पनि चट, नेकपाकाे अध्यक्ष ओली र प्रचण्ड


११ माघ, काठमाडौं । निर्वाचन आयोगकाे निर्णयले ओलीविरुद्ध आक्रमणका लागि प्रचण्डलाई ढाड थाप्ने माधवकुमार नेपालकाे सडककाे अध्यक्ष पद पनि चट भएकाे छ । निर्वाचन आयाेगले नेकपाबाट काेहि नेता निस्कन मिल्ने भए पनि विभाजन गर्न नमिल्ने ठहर गरेसँगै सडकमा पुगेर अध्यक्षकाे स्व घाेषणा गरेका माधव नेपाल जिल परेका छन । सत्तारुढ नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णय मान्यता दिन समेत याेेेेेग्य नभएकाे आयाेगकाे ठहर छ । याेसँगै आयाेगले नेकपाकाे दुबै समूहकाे गतिबिधि समानान्तर मात्र भएकाे जनाएको छ ।   आयाेगले दुबै पक्षले बिबरण संशोधनका लागि गरेकाे मागदाबी विधानसम्मत नभएकाे आयाेगले ठहर गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहकाे निर्णय आयाेगले अस्वीकार गरेपछि नेताहरु ट्वाँ परेका छन ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार २२:४६