८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपा छाड्न मिल्ने तर फुटाउन नमिल्ने, माधव र प्रचण्ड ट्वाँ


११ माघ, काठमाडौं । निर्वाचन आयोगले नेकपाबाट काेहि नेता निस्कन मिल्ने भए पनि विभाजन गर्न नमिल्ने ठहर गरेकाे छ । सत्तारुढ नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णय मान्यता दिन समेत याेेेेेग्य नभएकाे आयाेगकाे ठहर छ । याेसँगै आयाेगले नेकपाकाे दुबै समूहकाे गतिबिधि समानान्तर मात्र भएकाे जनाएको छ ।                        आयाेगले दुबै पक्षले बिबरण संशोधनका लागि गरेकाे मागदाबी विधानसम्मत नभएकाे आयाेगले ठहर गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहकाे निर्णय आयाेगले अस्वीकार गरेपछि नेताहरु ट्वाँ परेका छन ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार २१:५०