७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप अभियान शुरु गरिने


११ माघ, काठमाडाैँ । सरकारले कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप माघ १४ गतेदेखि दिन सुरु गर्ने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । ७७ जिल्लाका करिब ३ सय अस्पतालबाट खोप दिने तयारीमा सरकार जुटेको छ ।

भारत सरकारले नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोभिड खोप माघ ८ गते बिहीबार काठमाडौँ आइपुगेको थियो। पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने मन्त्रालयले जनाएको छ। खोप अभियानको प्रथम चरणको प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी पर्छन् । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालबाट  काेराेना खोप वितरण गरिनेछ। उपत्यका वाहिरका जिल्लाको हकमा जिल्ला अस्पतालमा बुथ राखेर खोप लगाईने र देशभरमा दैनिक ३० हजारलाई खोप दिइने छ।

यसका लागि जिल्ला अस्पतालहरुमा खोपको बुथ तयार गरिने मन्त्री त्रिपाठीले बताए  ।  यस्तै उपत्यकाका सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगाएतका अस्पतालमा बुथ राखेर खोप दिने तयारी गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार १५:२७