८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आइतबार घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


११ माघ, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनकाे मूल्य ताेलामा ३०० ले  घटेकाे हाे । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३०० ले घटेर  तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।


यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार ११:५८