१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३ करोड ठगेका ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्धय खड्का र महर्जन पक्राउ


१० माघ, काठमाडाैँ । बबरमहलमा रहेको ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्धय ठगी मुद्दामा पक्राउ परेका छन । प्रहरीले उनीहरूलाइ शनिबार पक्राउ गरेको हो । पौने ३ करोड ठगेको किटानी जाहेरीका अाधारमा उनीहरूलाइ महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जन रहेको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए तर उक्त बैना हालसम्म फिर्ता गरेका छैनन् । स्कुलका सञ्चालकहरूले उक्त जग्गा अर्कैलाई बेचेर बैना समेत फिर्ता नदिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार १८:४२