८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सकारात्मक सोच र स्वस्थ्य जीवन शैलीको लागि योग अनिवार्यः योग प्रशिक्षक श्रेष्ठ


-भुमराज तिवारी

योगको बास्तबिक अर्थ हो, जोड्नु । योगको ठिक विपरीत अर्थ हो, वियोग । वियोग भनेको विछोड हुनु हो ।योगले स्वयंमलाई स्वयंमसँग जोड्न मद्धत गर्दछ । ‘योग समग्र जीवनको जोड र सन्तुलन हो ।

विभिन्न दुख, तनाव, सन्ताप तथा जतिपनि मानव जीवनका व्यतिगत समस्याहरु छन्, त्यसको मुलभुत कारण नै आफू स्वयंमबाट वियोगका कारण सृजना हुने गर्दछ । आफू स्वयंमसँग जोडिएर सुखी हुने कला, विज्ञान र संस्कृति नै योग हो ।

पश्चिमी जगतमा योगलाई फिटनेशको रुपमा बुझिन्छ । उनीहरु शरीरकलाई र तन्दुरुस्त राख्नको लागि योग गर्ने गर्छन् । प्रतिरोधात्मक क्षमता बढाउनको लागि समेत मानिसहरुले योग गर्ने गर्दछन । आत्म तथा स्वयंलाई बुझ्नको लागी र सत्यको साक्षात्कारको लागी पनि योगले सघाउ पुग्छ ।‘

योगका विभिन्न प्रक्रियाहरु हुन्छन् । जसले हाम्रो वायो केमेष्ट्रिलाई नै परिवर्तन गर्छ । मुलभुत रुपमा योगका विभिन्न अभ्यासहरु छन् । जसले हाम्रो चेतनालाई जागँरण गराउँछ । प्रणायमका केही अभ्यासहरु छन्, जसले गर्दा हाम्रो अक्सिजन लिने क्षमतालाई बढाइदिन्छ र हाम्रो मस्तिस्कलाई स्वास्थ राख्न मद्धत गर्छ ।

योगले शरीरमा डोपमाइन, एन्डोरफिन,सेराटोनिन जस्ता ह्याप्पी हर्मोन्सहरुलाई रिलिज गर्छ । जसले खुसी हुन र सकारात्मक बनिरहन सहयोग पुग्छ ।

योगको लागि कुनै विषेश समय नभएपनि, साधारण व्यक्तिको लागि साँझ र विहान उपयुक्त हुन्छ। विहानको मुहर्त अवस्था र साझँको सन्ध्याकालिन अवस्थामा ब्रमाण्डीय उर्जा प्राप्त हुने भएकाले आध्यात्मिक उन्नती गर्न सहज हुन्छ । योग, अध्यात्म र युवा उत्प्रेरणाको विषयमा गम्भीर श्रेष्ठसँग गरिएको भिडियो कुराकानी ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ११:३५