११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

पर्यटन क्षेत्रमा बिताएका ३२ वर्ष सबैभन्दा आनन्दका क्षण हुनः सुमन पाण्डे


-भुमराज तिवारी

सैनिक पृष्ठभुमीको परिवार, डाक्टर पढ्न खोजेको तर त्यसप्रति रुचि नभएर इन्जिनियरिङको तयारी गर्दा गर्दै पर्यटन व्यवसायमा हाम्फाल्नु भएका सुमन पाण्डे नेपाली समकालिन पर्यटनको उम्दा र सफल व्यवसायी मानिनुहुन्छ । ३२ वर्ष युवा जोँश सहित पर्यटन व्यवसायमा संलग्न हुनुभएका पाण्डेलाई आज आएर सम्झदा ३२ दिन झै लाग्छ ।

डु ह्वाट यु लाइक अर्थात त्यो काम गर जुन तिमीलाई मन पर्छ भन्ने मुख्य सिद्धान्तलाई अनुसरण गर्नु भएका पाण्डेले पर्यटनबाट जे जति कमाउनु र पाउनु भयो त्यसको श्रेय आफनो कामप्रतिको खुसीलाई दिनु हुन्छ । खुसीसाथ गरेको कामप्रति गौरव र अपनत्व त हुन्छ नै समय वितेको पनि पतो नै हुदैन जसरी ३२ वर्ष ३२ दिन झै भएको छ पाण्डेका लागि ।

कतिले सुमन पाण्डेलाई वर्कहोलिक र पैसाको पछाडी दौडियो भनेर पनि भन्छन तर पाण्डे कामसँगै जिन्दगीको हर पल रमाइलोसँग विताइरहेकोमा गर्ववोध गर्नुहुन्छ । जव आफनो इच्छा अनुसारको काम हुन्छ त्यो काम बोझ हुदैन अझ त्यसमा नयाँ प्रयोग गर्न मन लाग्छ, मेरो सन्र्दभमा पनि भएको त्यही हो पाण्डेको कथन छ । मैले जति समय पर्यटनमा विताएको छु त्यो सवैभन्दा आनन्दको क्षण हो र त्यो आनन्दले अझै उर्जा आइरहेको वहाँको भनाई छ । नयाँ प्रोजेक्टमा केही गर्न मन छैन उहाँलाई सिर्फ भएको यही संस्थाहरुको व्यवस्थापन र त्यसलाई पनि विस्तारै अरुलाई जिम्मा लगाउने ध्याउन्न बाहेक ।

पर्यटनको तिनवटा विधा ट्राभल, एभियसन र हस्पिटालिटी क्षेत्रमा आफुलाई संलग्न गराएर आफनो नेतृत्वलाई अब्बल सावित गराउनु भएका पाण्डे अहिले पनि १६ वटा विभिन्न साना ठुला कम्पनीहरुको नेतृत्व गरिरहनु भएको छ । नुवाकोट दरवार आडैको होमस्टे देखी ठमेलको पाँच तारे अलफ्ट होटलको संचालक भएर पर्यटन विधामा सक्रिय पाण्डे फिस्टेल र समिट एयरको नेतृत्व पनि सँगसगै गरिरहनु भएको छ । एक व्यति जो बहुविधामा लागेर अनेकौ अप्ठ्याराहरुका बाबजुत सफलताको बाटोमा निरन्तर उहीँ उर्जासाथ हिडिरहेको नाम हो सुमन पाण्डे ।

प्रकृति, नेपाली परम्परा, संस्कृति, चाडपर्व, रितिथिती, भाषा, भेष सहित विविधतामा अपनत्व सँगै निजत्व महशुष गर्ने पाण्डे आफनो कार्य सम्पादनमा चुस्त दुरुस्त खोज्न आफै सक्रिय भएर लाग्नुहुन्छ । जुझारु टिमप्रति विश्वास गर्ने वहाँ आफनो जिम्मेवारी विस्तारै युवाहरुलाई सुम्पदै आफु काउन्सिलिङ र उत्प्रेरकको भूमिकामा देखिन चाहानुहुन्छ ।

पछिल्ला समय आफनो अनुभवको पुँजी साझेदारी गर्ने काममा संलग्न हुनुहुन्छ । विशेष गरी युवाहरुलाई उत्प्रेरित गर्दै पर्यटनको गतिशिलतामा रमाउने पाण्डे आफनो पुर्खाको जन्मथलो नुवाकोट गइरहने व्यतिहरुको अग्रपंतिमा पर्नुहुन्छ । प्रकृति र धरातलसँग जोडिन पाउँदा अत्यन्तै गौरव महशुष हुने गर्दछ वहाँलाई । सवैभन्दा महङगो र विलासिता वस्तुको उपयोगप्रति अव वहाँलाई रुचि छैन । किनकी पर्यटनको कुनै पनि सुख सुविधा भोग्न चुक्नु भएन वहाँ ।

अवको पर्यटन विविधिता र प्रतिस्पर्धी भएको बताउँदै वहाँले ग्रामिण पर्यटनमा योगदान गर्न सक्ने होमस्टेमा एकरुपता र निश्चित स्तर निर्धारण गरी मार्केटिङ गर्न सके गाउँलेहरुले लाभ लिन सक्ने देख्नुहुन्छ । नुवाकोटमा पहिलो होमस्टे सुरु गर्नुभएको वहाँ होमस्टेको परिकल्पनाकार मध्ये एक हुनुहुन्छ । परिस्थिति अनुकुल घुलमिल हुन जान्ने र खुसी हुन सक्ने आफनो स्वभावप्रति गौरव गर्ने पाण्डेसँग अलफ्ट होटलमा गरिएको भिडियो कुराकानी ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार ०८:४३