१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गाडीले ठक्कर दिएर अपाङ्ग व्यक्तिको ज्यान लिने नुवाकोटका सोवन गाैतम पक्राउ


-प्रशान्तजंग पाण्डे 

१० माघ, नुवाकोट । नुवाकोटको ककनीमा एक अपाङ्ग व्यक्तिलाई ठक्कर दिएर ज्यान लिएर फरार भएका एक व्यक्ति पक्राउ परेका छन । सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा जिल्लाकै बेलकोटगढी नगरपालिका वडा नम्बर ३ का सोवन गौतम पक्राउ परेका हुन।

उनले ककनी गाउँपालिका वडा नम्बर ३ का अपाङ्गता भएका ५८ वर्षका रामप्रसाद अधिकारीलाइ निशान गाडीले ठक्कर दिएर फरार भएका थिए । अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । अधिकारीको परिवारले बा ५ ख २२०३ नम्बरको निशान गाडीका चालक सुर्यगढी गाउँपालिका ०१ बस्ने बर्ष २७ को कुमार भन्ने राज कुमार तामाङको बिरुद्दमा किटानी जाहेरी दिएका थिए ।

सोही अनुसार तामाङ पक्राउ परेका थिए तर उनकै वयानको आधारमा सोवनलाइ पक्राउ गरी प्रहरीले जिल्ला अदालत नुवाकोटमा पेश गरी अनुसन्धान पक्रियालाइ थप अघि बढाएको छ । यसअघि पक्राउ परेका तामाङ भने कानुन बमोजिम माथवर ब्यक्तिको हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ११:१२