१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालुवातस्करीमा संलग्न नुवाकोट कुमरीका प्रज्वल मुडभरीसहित दुई पक्राउ


-प्रशान्तजंग पाण्डे 

९ माघ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा बालुवा तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार बेलकोटगढी नगरपालिका वडा नं.०३ ठुलोबगरमा थुपारेर राखेको बेलकोटगढी नगरपालिकाले शिलबन्दी गरिएको बालुवा चोरी गर्ने क्रममा सोही नगरपालिकाको वडा नम्बर ३ का प्रज्वल मुडभरी र वडा नम्बर ४ का रोशन गुरूङ पक्राउ परेका हुन ।

उनीहरूले बालुवा चोरी प्रयोग गरेको स्काभेटरमा प्रहरीले ताला लगाएको छ । प्रहरीले बालुवा चोरीमा संलग्न रहेका मुडभरी र गुरूङलाइ जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाएकोमा प्रशासनले उनीहरूलाइ जनही पाँच हजार रूपैयाँ धराैटीमा रिहा गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १६:२०