१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

ग्रीनलाईफ हाइड्रोपावले माघ तेस्रो सातादेखि आइपिओ निष्कासन गर्ने


९ माघ, काठमाडाैँ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघको तेस्रो सातादेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।आइपिओ निष्काशन गर्न ग्रीनलाईफ हाइड्रोपावर र सानिमा क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्रबोर्डबाट माघ ४ गते स्वीकृती प्राप्त गरिसकेको छ । कम्पनीले माघ तेस्रो हप्तादेखि आइपिओ निष्कासन तथा विक्री खुल्ला गर्ने जनाएको छ । ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १५:४६