७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्वको सबैभन्दा अग्लो साइकल सहभागी हुने राइड टु सोमेश्वरगढी (भरतपुर टु माडी ) साइकलयात्राको तयारी पूरा


९ माघ, भरतपुर । राइड टु सोमेश्वरगढी साइकल यात्रामा विश्वको सवैभन्दा अग्लो साइकल सहभागी हुने भएको छ । भारतको चन्डीगढबाट राजिव कुमार जोनी साइकल यात्रामा सहभागी हुने पक्का भएको कार्यक्रम संयोजक केशव घिमिरेले बताउनु भयो । आफैले निमार्ण गरेको विश्वको सवैभन्दा अग्लो साइकल लिएर राजिव कुमार पहिलो पल्ट नेपाल आउन लागेका हुन ।

साइकल संस्कृतिको प्रवद्र्धनमा शहिद सप्ताहको अवसर पारेर एक सपना साइकल र सफा नेपालको तथा वा वाइकको संयोजनमा माघ १६ र १७ गते राष्ट्रिय स्तरको साइकल यात्राको आयोजना हुदै छ ।

विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्ने साइकल यात्रामा देशैभरबाट करिव एक सय पचास महिला पुरुष सहभागी हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक रुक्मिणी सापकोटाले बताउनु भयो । माघ १६ मा भरतपुरबाट सुरु हुने साइकल यात्रा चितवन राष्ट्रिय निकुञ्ज हुदै नेपाल भारतको सिमाना सोमेश्वरगढी परिक्रमा गरी माडीमा आइ बास बस्ने छ ।

१७ गते साइकल यात्रीहरु सौराहामा पुग्ने कार्यक्रम तय भएको छ । चितवनमा साइकलको गतिविधि सँगै कोरोनाले थिलो थिलो बनेको पर्यटन गतिविधि संचालनमा साइकल यात्राले निकै सहयोग गर्नेमा आफु विश्वस्त रहेको साइकल यात्री श्रीकृष्ण श्रेष्ठले बताउनु भयो । साइकलयात्रामा करिव २५ जिल्लाबाट सहभागिता रहने कार्यक्रम संयोजक रुक्मिणी सापकोटाले बताउनु भयो । प्रोत्साहनको लागि १० कक्षा सम्मका विद्यार्थीहरुलाई कार्यक्रममा निशुल्क सहभागी गराइने छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा कार्यक्रममा सहभागी गराइने आयोजकले बताएको छन ।

जनस्तरमा साइकलको प्रवद्र्धनका लागि केशव घिमिरे र रुक्मिणी सापकोटाको जोडीले संयोजन गर्न लाग्नु भएको साइकलयात्रामा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग र प्रायोजन गर्नुभएको छ । पर्यावरण जोगाउन तथा मानव स्वास्थ्यको लागि साइकलको महत्व दर्शाउनु नै कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक केशव घिमिरेले बताउनु भयो । दुई वर्ष देखी विभिन्न साइकल गतिविधिमा सक्रिय वहाँहरुको जोडीले यस अघि साइकललाई विभिन्न परोपकारका काममा जोडनु भएको थियो ।

पाँच वर्ष यता नेपालमा साइकले संस्कृतिको विकास भएको छ । भुगोल विशेषमा आयोजना हुने राष्ट्रिय स्तरको विभिन्न साइकल यात्राहरुले साइकलको मोह बढाउदै लगेको पोखराका साइकल यात्री तिर्थराज अवस्थीले बताउनु भयो । साइकल सँग जोडिएको मित्रता झनै प्यारो हुने अवस्थीले बताउनु भयो ।

त्यसैगरी माघ २३ र २४ गते नेपालगंज देखी ठाकुरद्धार सम्म राष्ट्रिय स्तरको साइकल यात्राको तयारी भइरहेको नेपालगंज साइक्लिङि क्लवका अध्यक्ष गगन थापाले बताउनु भयो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १४:५२