१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?


९ माघ, काठमाडाैँ । साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा २ सयले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छपावाल सुनकाे मूल्य  ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन छपावाल सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियाे ।


यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ  । आज चाँदीको मूल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १२:०७