१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी (सूचनासहित)


९ माघ, काठमाडाैँ । कृषि विकास बैंकले विभिन्न १५ पदका लागि ३२५ जना कर्मचारी माग गरेको छ। बैंकले चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि जागिर माग गरेको हाे । बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका लागि आवेदन माग गरेको छ।

यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासी/जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो।  पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले शुक्रबार निकालेको सूचनामा उल्लेख छ । अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ। उमेर हद पदअनुसार फरक फरक छ। ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन्।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १०:४६