१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ प्रस्थान


९ माघ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ जानुभएको हो ।

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनुहुनेछ । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नुहुनेछ । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई जानुभएको छ । उहाँले अरेबियन्स टोलीबाट खेल्नुहुनेछ ।

टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउनुभएन । खड्काले भने एउटा खेल खेल्नुभएको थियो । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १०:१७