१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चन्द्रागिरी हिल्सको आइपिओ आज बाँडफाँड


९ माघ, काठमाडाैा । चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । चन्द्रागिरी हिल्सकाे आइपीओ आज बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा बाँडफाँड हुनेछ । आइपिओको प्रि–अलोटमेण्ट बुधबार सम्पन्न भएकाे थियो । कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे । कम्पनीकाे आइपीओमा १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १७.५३ गुणा धेरै हो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०९:५३