१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ग्रिनलाइफ हाइड्रोपावरले पायो आईपिओ निष्काशन अनुमति


८ माघ, काठमाडौँ । ग्रिनलाइफ हाइड्रोपावरले सर्बसाधारणलाई आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

कम्पनीले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १७:२०