७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पोखराको डिहिकोपाटन लेकसाइडमा झल्को रेष्टुरेन्टको सुरुवात


८ माघ, पोखरा । युवा व्यवसायीहरुको समुहले लेकसाइड नजिकै झल्को रेष्टुरेन्ट संचालनमा ल्याएका छन ।   आन्तरिक पर्यटकहरूलाई लक्षित गरी सेवा संचालनमा ल्याइएको संचालक बाबुराम भण्डारीले बताउनु भयो । पोखरामा अहिले धमाधम होटलहरू पनि खुलिरहेका छन् ।


स्तरीय रेष्टुरेन्ट सञ्चालनमा आउँदा पोखराको पर्यटनलाई सघाउ पुग्ने युवा व्यवसायी गोपाल भुषालले बताउनु भयो । झल्को रेष्टुरेन्टमा युवा व्यवसायीद्वय बाबुराम भण्डारी र सुरेश दाहालले लगानी गरेका छन् । झल्को रेष्टुरेन्टले नयाँ स्वाद पस्कने संचालक सुरेश दाहालले बताए ।

रेष्टुरेन्टमा  स्वादिलाे  खाजा पाउनुका साथै साथीभाई तथा परिवारहरुसगँ बसेर खान उपयुक्त स्थल रहेको भण्डारीले बताए । एक करोडको लगानीमा सञ्चालनमा आएको झल्को रेष्टुरेन्टमा नेपाली सँगै विदेशीहरुलाई पनि मेनु बनाइएको छ । युवा व्यवसायी  भण्डारी र दाहालले यसअघि पनि विभिन्न पर्यटन व्यवसाय साझेदारीमा संचालन गर्दै आइरहेका छन ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १६:५७