१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पित पत्रकारिता मौलायोः प्रधानमन्त्री


८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको बताएका छन् । पित पत्रकारिता मौलाएको बताउँदै उनले सत्य, निष्पक्ष समाचार लेख्ने र बोल्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले सकारात्मक समाचार लेख्न पनि आग्रह गर्नुभयो ।

अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए ।

पत्रकारहरुलाई सम्बोधन गर्दै उनले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे ।उनले अघि भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’ उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’ समाचारकै आधारमा पत्रकार चिनिने भएकोले आफनो परिचय समाचारबाटै दिन अनुराेध गरे । भृकुटीमण्डपमा कार्यक्रम जारी छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १६:०२