जलवायु परिवर्तन, बालबालिकामा बढ्दो कुपोषणको कारक

–पेट्रिक ग्याली

८ माघ, पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ । विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी तापक्रम वृद्धि र प्रतिकुल मौसमका कारण न्यून पोषणको समस्या सन् २०१५ पछि बढेको बताइएको छ ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार सन् २०१९ मा विश्वका पाँच वर्ष मुनिका १४ करोड ४० लाख बालबालिकामा लामो समयसम्म खानामा अत्यधिक पोषण तत्वको कमीका कारण स्वभाविक शारीरिक विकास हुनसकेको छैन । त्यस्तै थप चार करोड ७० लाख बालबालिकाको खानामा न्यून पोषण तत्वको कारण स्वभाविक शारीरिक विकास प्रभावित भएको छ ।

बढ्दो क्षेत्रहरूमा आवश्यक पोषक तत्वहरूको कमीले यो शताब्दीको मध्यसम्ममा १० अरब मानिसहरूलाई उचित भोजन व्यवस्थापन क्षमतामा चुनौती आउनसक्ने विज्ञहरूले बताएका छन् । हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भर्मन्ट विश्वविद्यालयको नेतृत्वको अनुसन्धानकर्ताहरूको एक टोलीले एशिया, अफ्रिका र दक्षिण अमेरिकाका निम्न आय भएका १९ देशहरूका पाँच वर्षमुनिका एक लाख बालबालिकाहरूको विविध खानाको परीक्षण गरेको र यसलाई ३० वर्षको तापक्रम र वर्षाको तथ्याङ्कसँग जोडेर हेरिएको बताइएको छ ।

 

उनीहरूले अध्ययन गरिएको छ मध्ये पाँच क्षेत्रहरूमा उच्च तापमान आहारको गुणस्तरमा उल्लेखनीय कटौतीसँग सम्बन्धित रहेको पाइएको बताएका छन् । वातावरणीय अनुसन्धानमुलक प्रतिवेदन प्रकाशित गर्दै उक्त टोलीले मौसम परिवर्तनले बाल विकासमा विश्वले गरेको ठूलो प्रगतिलाई अवरोध पु¥याउनेतर्फ सचेत गराएको छ ।

“पक्कै पनि, भविष्यको जलवायु परिवर्तनले कुपोषण समस्यालाई थप प्रभावित गर्ने पूर्वानुमान गरिएको छ तर आश्चर्यको कुरा उच्च तापक्रमका कारण अहिले नै कुपोषणको समस्या थप जटिल भएको देखिएको छ,” भर्मन्टका पोषण र खाद्य सेवाका सहायक प्राध्यापक मेरीडिथ नाइल्सले भन्नुभयो ।

गहन प्रभाव

यस अध्ययनले विशेष गरी आहार विविधता र सूक्ष्म पोषकतत्वको मापन गर्ने राष्ट्रसंघीय एकाइद्वारा सङ्कलित आहार विविधतामा ध्यान दिएको बताइएको छ । फलाम, फोलिक एसिड र जिङ्क, साथै भिटामिन ए र डी जस्ता सूक्ष्म पोषण तत्वहरू बच्चाको शारीरिक र मानसिक विकासको लागि महत्वपूर्ण हुन्छन् । बढ्दो कार्बन प्रदूषणले गहुँ, चामल, भटमास, सिमी तथा फलफूल लगायतका धेरै बालीहरूमा यी आवश्यक सूक्ष्म पोषकतत्वहरूको तह घटाउने गरेको अध्ययनले देखाएको छ ।

औसतमा, अध्ययनमा समावेस भएका बालबालिकाहरूले सम्भावित १० मध्ये ३.२ ले मासु र माछा, अन्न र गाढा प्रकारका पातका सागहरू जस्ता खाद्यान्न समूहहरूबाट बनेका खानाका परिकारहरू अध्ययनको अघिल्लो २४ घण्टामा खाएका थिए । अध्ययनका शिलशिलामा चिनियाँ बच्चाहरूले उक्त खाना समूहको सङ्ख्याभन्दा दोब्बर अर्थात् औसत ६.८ प्रतिशतभन्दा बढी खाने गरेको भेटिएको थियो ।

यो विकसित मुलुकको हकमा पनि मिल्दोजुल्दो आँकडा हो । बढी तापक्रम रहेको र मौसमको अनियमित संरचना रहेको क्षेत्रमा बाल आहार विविधतामा गहिरो र अल्पकालीन–दीर्घकालीन प्रभाव रहने अध्ययनले बताएको छ । उच्च तापक्रमले बाल पोषण सेवनलाई असर गर्ने विश्वव्यापी रूपमा महत्वपूर्ण मानिएका मुख्य बालीहरूको उत्पादन र पशुपालन उत्पादकता घटाउने गर्छ । यी दुबै बाल पोषण सेवनलाई असर पार्ने खाद्य स्रोतहरू हुन् ।

साथैे बढी तापक्रमको प्रभावका कारण गर्मी मौसममा गर्भ बोक्ने तथा गर्मी स्थानमा बस्ने एक महिलाले औषतभन्दा कम शिशुको जन्म दिन सक्छिन् । अध्ययनमा सम्लग्न अनुसन्धान्नमुलक लेखका लेखकहरूले कुनै पनि देशको सरकारहरूलाई सबै भन्दा कमजोर बच्चाहरूको लागि आहार सुधार गर्ने योजनाहरूमा मौसम परिवर्तनलाई पनि समावेश गर्न आग्रह गरे ।

“यो विश्वव्यापी अनुसन्धानमा हामीले बारम्बार फेला पार्दछौं,” भर्मोन्टको पर्यावरण संस्थानका लागि गुन्ड संस्थानका विश्वविद्यालयका निर्देशक तथा अध्ययन प्रतिवेदनका सह–लेखक टेलर रिकेट्सले भन्नुभयो । “हाल विश्वमा देखिएको वातावरणीय प्रदुषण र जलवायु परिवर्तनले विगत ५० बर्षको प्रभावशाली विश्वव्यापी स्वास्थ्य लाभलाई कमजोर पार्न सक्ने क्षमता राख्छ,” उहाँले थप्नुभयो ।

प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार १३:३७