१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकाकाे नयाँ राष्ट्रपति बाइडेनको सपथ समारोह सुरु


७ माघ, काठमाडाैँ। विश्वकै शक्तिशाली अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनको सपथ ग्रहण समारोह सुरु भएको छ । विभिन्न संचारमाध्यमहरुले समारोहको प्रत्यक्ष प्रसारण गरिरहेका छन ।

वाइडेनले ओबामासँगै दुई कार्यकाल उपराष्ट्रपतिको रुपमा काम गरेका थिए । सन् २०१७ मा ओबामाले बाइडेनलाई राष्ट्रपति पदको लागि स्वतन्त्रता प्रदान गरेका थिए । त्यसको ठीक दुई वर्षपछि सन् २०१९ मा बाइडेनले अमेरिकी राष्ट्रपतिको लागि आफ्नो अभियान सुरु गरेका थिए । सन् २०२० को डिसेम्बरमा भएको अमेरिकी चुनावमा यिनै बाइडेनले तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै विजय हासिल गरे का थिए ।

२०२१ जनवरी २० अर्थात आज बाइडेनले आगामी चार वर्षसम्म अमेरिकी राष्ट्रपतिको रुपमा काम गर्ने सपथ लिदैं छन् । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि बाइडेनले राष्ट्रपतिको रुपमा पदभार सम्हाल्दै छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार २२:१८