१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दियाे, भोलि काठमाडौँ आइपुग्ने


७ माघ, काठमाडौँ ।  भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। भारतको सेरम इन्स्टिच्युटले उत्पादन तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास ‘कोभिशिल्ड भ्याक्सिन’ भोलि काठमाडौँ आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोपका लागि उपयुक्त जनसंख्याको रूपमा लिएका छौंँ । ३ प्रतिशत जनसंख्या सफाइकर्मी, चिकित्साकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मीलाई केन्द्रित गरेर खोप दिइने छ, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भने ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १४:४६