१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने


७ माघ, काठमाडाैँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ८२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ। कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनामा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। आईपिओ निष्कासन गर्ने विषयमा पिपुल्स हाइड्रोपावर र सानिमा क्यापिटल लिमिटेडबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन्।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार ०९:५७