१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शहर चिनाउने अभियान , टुर दि ठाकुरद्वार


सतिश निरौला,(साइकल अभियन्ता  खजुरा, नेपालगंज)

साइकल मार्फत शहर घुमाउने नेपालगन्ज को पहिलो कार्यक्रम हो  टुर दि ठाकुरद्वारू, । देशभर साइक्लिङ्ग मा रुचि राख्नेहरु र साइकल पर्यटन सङ्ग जोडिनेहरु हरेक बर्ष नेपालगन्ज ले आयोजना गर्ने यश इभेन्टमा सहभागिता का लागि रहर गर्छन् । साइकल पर्यटन मार्फत शहर चिनाउने अभियान हो टुर दि ठाकुरद्वार द्दण्ठछ बाट शुरु गरिएको साइक्लिङ्ग को यो इभेन्ट नेपालगन्ज मा एउटा महत्वपूर्ण उत्सवका रूपमा स्थापित भएको यसको तेस्रो शृङ्खला मा आइपुग्दा । यसबर्ष को यो कार्यक्रम माघ को २३ र २४ मा आयोजना गरिदैछ। पर्यटन का अनेक आयाम मध्य साइकल पनि एउटा महत्त्वपूर्ण आयामका रूपमा स्थापित हुँदै गर्दा पर्यटन मा चासो र रुचि राख्ने देखि पर्यटनकर्मी सम्म यश अभियान मा जोडिदै गएका छन् ।


दैनिक नियमित कामकाज का लागि प्राय प्रयोग मा आउने साइकल मार्फत बाके र बर्दिया का विभिन्न पर्यटकीय क्षेत्र को प्रचारप्रसार मा जुटेका साइकल अभियन्ताहरु निकै नै उत्साहपुर्ण रूपमा बाकेमा लागिपरेका छन् । साधारणतय नेपालगन्ज घुम्नकै लागी भनेर आउनेहरु को संख्या उल्लेख्य देखिदैन तर प्रत्यकबर्ष आयोजना गरिदै आएको साइक्लिङ्ग को यश इभेन्टमा सहभागिता जनाउन आउनेहरू नेपालगन्ज घुम्न कै लागि यसकार्यक्रममा सहभागी बन्दै आइरहेका छन् ।

पछिल्लो बर्ष द्दण्ठट मा टुर दि ठाकुरद्वारमा सहभागी हुन भारतको प्रसिद्ध पर्यटकीय शहर नैनिताल र बरेली बाट समेत साइक्लिस्ट हरुले सहभागिता जनाए यसरि यश कार्यक्रम ले जनस्तरमा समेत भारतीय यी शहर र नेपालगन्ज को सम्बन्ध जनस्तरमा कायम गरेको छ भने भारतीय साइक्लिस्टहरु मार्फत नेपालगन्ज र बर्दिया का पर्यटकीय क्षेत्र को प्रचारप्रसार र पर्वधन मा टेवा पुर्याएको छ। नेपालका थुप्रै शहर हरु बाट नेपालगन्ज मा आयोजना हुने टुर दि ठाकुरद्वारमा सहभागी हुन आउनेहरुले सामान्यज्ञान मा पढेको एकमात्र जुङ्गेमहादेव को मुर्ति , बागेश्वरी मन्दिर अनि भारत सङ्ग बोर्डर जोडिएको सताब्दी पुरानो शहर घुमफिर गर्दा नौलो अनिभुती लिएर फर्किने गरेका छन् ।


बर्दिया मा रहेको ठाकुरबाबा मन्दिर, बर्दिया रास्ट्रीय निकुञ्ज र थारु सस्कृती र त्यहाँ को परम्परा र परिवेश सङ्ग को साक्षात्कार एउटा अर्को आकर्षण का रूपमा छ जसका लागि साइक्लिस्टहरु टुर दि ठाकुरद्वारमा सहभागी हुने गर्छन् । गतबर्ष टुर दि ठाकुरद्वारमा सहभागी भएका नेपाल र भारतीय साइक्लिस्टहरु बर्दिया रास्ट्रीय निकुञ्ज अनि कार्यक्रम मा नेपालगन्ज देखी ठाकुरद्वार सम्म पुग्दा को झन्डै सयकिलोमिटरको यात्रामा यहाँ का गाउँ शहर स्थानीय जनजीवन सङ्ग नजिक बाट साक्षात्कार हुँदै आफ्नो यात्रा पुरा गरेका थिए ।


यसरी नेपालगन्ज मा साइक्लिङ्ग मार्फत शहर चिनाउने र शहर घुमाउने यो कार्यक्रम साइक्लिस्टहरु को मात्र कार्यक्रम होईन नेपालगन्ज मा कृयाशिल साइकल अभियन्ताहरु त शहर लाई देश परदेश मा चिनाउने एउटा माध्यम मात्र हुन् अब यो कार्यक्रम सिङ्गो शहर को कार्यक्रम बन्नुपर्छ र यसको अभिभावकिय भुमिका नेपालगन्ज उपमहानगर र ठाकुरबाबा नगरपालिका ले बिशेष रूपमा निभाउनु पर्छ र बाके र बर्दिया जिल्ला का सबै स्थानीय तह ले यो कार्यक्रम लाई आफ्नो कार्यक्रम का रूपमा ग्रहण गर्नुपर्छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १२:०१