७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने


६ माघ,काठमाडाैँ । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनि लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएकाे छ । इन्स्याेरेन्सकाे फागुन २ गते तेश्रो वार्षिक साधारणसभा आम्रापाली व्याङ्कवेट, नक्साल काठमाडौँमा बस्दै छ । उक्त साधारणसभामा कम्पनीले साधारण शेयर (आइपिओ) जारी गर्ने प्रस्ताव लैजाने छ ।

इन्स्योरेन्सले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्न लागेको हो । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई ट्रिपल बि (BBB)को रेटिङ प्रदान गरेको हो । यसले मध्यम क्रेडिट जोखिम रहेको देखाउँछ । साथै, इन्स्याेरेन्स कम्पनिले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेण्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ११:३९