८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अब ओलीकै बलमा लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय फौज हट्ने छन


-प्रदीप आचार्य

के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत नीति परीवर्तन भएकै होत ? लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग पूर्ववर्ती रुपमानै नेपालको नक्सामा समाहित भैसकेपछि चिसिएको भनिएको नेपाल भारत सम्वन्ध सतहमा सुध्रिएको संकेत देखिएका छन् । भारतका एक पछि अर्को उच्च पधाधिकारीको भ्रमणपछि नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण गरेर समेत फर्कनुभएको छ ।

यो भ्रमण मन्त्रीको भाषामा अहिलेसम्मकै सफल भनिए पनि किन त्यस अनुसार प्रचारबाजी हुन सकेन ? यसको अन्तर्यमा धेरै कुरा रहेको सहजै अनुमान लगाउन सकिन्छ । त्यसको केहि चर्चा गर्ने प्रयत्न म यहाँ गर्दैछु । नरेन्द्र मोदीको परिवर्तित सोच छिमेक प्रथम भनेर सत्तारोहण गरेका नरेन्द्र मोदी सत्तारोहणको केहि समयमानै भारतीय कग्रेसको स्कुलिङ्ग र प्रशासनमा आफूलाई विकास गरेका प्रशासनिक संयन्त्रले मोदीलाइ समस्यामा पार्यो र नेपालले आधुनिक इतिहासकै क्रुर नाकावन्दीको सामना गर्नुपर्यो ।

यो मामलामा राजनीतिक नेतृत्व दोषी छैन भन्दिन तर विरेन्द्रको वंशनासपछि नेपाल भारत सम्वन्ध बढी प्रशासनिक कम राजनीतिक तहमा सीमित रह्यो । त्यसैको परिणाम र भर्खर भएको सत्ता परिवर्तन प्रमुख थियो । तसर्थ अहिले त्यो कर्मचारीमा रहेको सम्वन्धलाई नरेन्द्र मोदी राजनितिक तहमा लान सफल भए भने, उनको नेपाल वुझाईमा पनि परिवर्तन भएको छ ।

नेपाल मात्र हैन आज विश्वमा प्रतिष्पर्धी क्षमता र आन्तिरक मामलामा हष्तक्षेप नगर्ने नीतिले चिनले धेरै देशमा दह्रो उपस्थिति जनाउन थालिसकेको छ । नेपाल मामलामात सुरक्षा मामिला पनि जोडिने हुँदा आक्रमक उपस्थिति जनाउन थालेको छ, यसै सन्दर्भमा नेपालमा नरेन्द्र मोदीको न छिमेक प्रथम निति काम लाग्यो न व्यवसायिक छवि ।

नेपालमा छिटो छिटो हुने राजनीतिक परिवर्तनले उनलाई अरु दुर्घटनामा लग्यो । तसर्थ नरेन्द्र मोदी पछिल्लो राजनीतिक विकासक्रम र सम्भावित सहकार्य सबै प्रचारमा ल्याउन तयार भएनन् । तसर्थ उनको चासो अनुसार नै दुई पक्षिय सहयोगका सम्वन्धमा विदेशमन्त्रीस्तरमानै राख्न चाहे भने रक्षा मन्त्रीको भेटले प्रमुख चासो सुरक्षानै हो भन्न चुकेन्न ।

परराष्ट्र मन्त्रिको यो भ्रमणमा यस अघि थाति रहेका धेरै योजनालाई अगाडि वढाउने टुगोंमा पुगिएको छ भने महाकाली सन्धि ताका भएका नेपीको स्वार्थ वाझिने कुरा सच्चाएर जाने कुरामा अगाडि वढेका छन।  विश्वलाईनै आक्रान्त पारको कोभिड १९ को भारतमा निर्मित तर धेरै सार्वजनिक स्वास्थ्यमा काम गरेकाले सहि ठहर्याएको कोभिसिल्ड भ्याक्सिन पनि सहयोगको रुपमा दिने घोषणा भएको छ ।

यो भ्रमणले परम्परागत सहयोग वाट माथि उठेर हामिमा पारस्परीक विश्वास अझ प्रगाड गरी असमानता दुई सार्वभौभ देश मानि समानता का आधारमा छलफल गरेर टुंग्याउने समझद्धारी भएको देखीन्छ । यो कुरा कसरी सम्भव भयो त भारत नेपालको राजनितिमा किन शुष्म व्यवस्थापनमा लाग्यो होला, त्यसको सहजै उत्तर हुन्छ, नेपालमा चिनियाको प्रभाव कम गराउनु र सुरक्षा प्राथामिकता सगै भारत वेष्टित हाम्रो व्यापार प्रणाली नै हो ।

पछिल्लो दिनमा सुरक्षा मामला वाहेक अरु कुरामा भारत कमजोर ठहरीयो, अझ नरेन्द्र मोदीको सत्तारोहण पछित झन झन भारतको उपस्थिती कमजोर वन्यो भने चिनिया हरु पनि नेपालको आन्तरीक मामलामा चासो देखाउन थाले भने , ठुलो हिस्सा व्यापार गुमाउन पुग्यो, व्यापार र ठुला आयोजनात झन्डै ९५ प्रतिशत चिनियाको कव्जामा पुगे । तसर्थ नरेन्द्र मोदी अर्थात अहिलको भाजपा नेतृत्व भारतिय काग्रेको प्रशासन तवर वाट माथि उठेर असमानता टुग्याउनु पर्ने दवावमा छ ।

भारतको परम्परा गत सुरक्षा चासोमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सा प्रकरणले अरु भारतलाई कमजोर वनाइदियो भलै पछिल्लो सेनापतिको भ्रमणले भारत आश्वस्त भएको पाईन्छ । भने वर्तमान नेपाली सेनापति पनि त्यो कुरामा सचेत र सजग छन् ।

अव के हुन्छ नेपालको आन्तरीक राजनितिमा भारत फ्याक्टर सधै राष्ट्रियता सग जोडिने हुदा संयम भएर कम प्रचार वढि कार्यान्वयनमा लगीनेछ, अव नेपालको आन्तरीक मामलामा भारतको कमै उपस्थिति हुनेछ तापनि केही केही राजनितिक एजेन्डा मिल्ने सगं भाजपाले पार्टिगत तहमाभने सम्वन्ध वढाउने छ । असमानताका रुपमा रहेका हाम्रा सन्धिहरु परीवर्तनमा लाग्नेछ, दुईदेशीय कार्यदलले वुझाएका सुझावहरु स्वामित्व ग्रहण गर्दे कार्यन्वयनमा लगिनेछन्, सिमा समस्याहरु छिटै समाधान हुनेछन्, लिपुलेकमा, लिम्पियाधुरा र कालापानिमा भारतीय फौज हट्ने छन् ।

नेपालले नेपालको भुमि कुनै पनि शक्ति राष्ट्रलाई उपयोग गर्न दिनेछ्रैन, जुन परराष्ट्र मन्त्रिको भारत भ्रमणका क्रममा वोलीएको प्रमुख वाक्य थियो भने नेपालले छिमेक हरु सग गर्न व्यवहार समदुरी र सन्तुलित हुनेछ, यसो हुन सके केपी शर्मा ओलीको राजनितिक छविमा अरु इटा थपिनेछ, केपी भनेझै २०२१ नेपाल भारत विच समस्या रहित सम्वन्धमा अगाडी वढोस, पछिल्लो अन्तरर्वातामा प्रधानमन्त्रि केपी शर्मा ओलीले भनेझै भारत चिन समस्या समाधानको सम्वाहक वन्नुस सम्माननिय केपी शर्मा ओलीलाई हार्दिक शुभकामना ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार २२:३१