१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

श्रीमतीलाई खुर्पा प्रहार गरी भागेका नुवाकोट बेलकोटगढीका राजु पक्राउ


-प्रशान्तजंग पाण्डे

६ माघ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का एक युवा ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका छन। बेलकोटगढी ५ का २६ वर्षीय राजु राई श्रीमतीको हत्या प्रयास गरेको अभियोगमा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गत असार १२ गते राईले श्रीमतीको ज्यान लिने उद्देश्यले खुर्पा प्रहार गरेका थिए । त्यसपछि श्रीमतीले प्रहरी कार्यालयमा श्रीमतीले किटानी जाहेरी दिएपछि प्रहरीले माघेसंक्रान्तिको दिन पक्राउ गरेको हो ।

प्रहरीले रा राईलाई अदालतमामा पेश गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनले साँझको समयमा सामान्य विवादमै श्रीमती माथि खुर्पा प्रहार गरेको परिवारका सदस्यले बताएका छन ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ०८:०८