१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पर्यटन बोर्डको सदस्य सिफारिसका लागि तीन सदस्यीय समिति गठन


६ माघ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको रिक्त सदस्य सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सोमबार मन्त्रालयले प्रशासन महाशाखा प्रमुख तारानाथ अधिकारीकाे संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा निजी क्षेत्रका व्यवसायी बोर्डका पूर्व सदस्यद्धय पूर्ण कुँवर र राजेन्द्र सापकोटा मनोनित भएका छन । समितिको सिफारिसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले तीन जनालाइ बोर्डको सदस्यमा नियुक्त गर्नेछन । यसअघि बोर्डका सदस्य रहेका दीपक महत, कृष्णबहादुर महरा लगायतको कार्यकाल माघ ३ गतेदेखि सकिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ०७:४७