१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पछिल्लो २४ घण्टामा थपिए ३२२ कोरोना संक्रमित,६ जनाको मृत्यु


५ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार ८१८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १७:०३