१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

साेमबार नेप्सेमा १ करोड ११ लाख कित्ता बोनस शेयर सूचिकृत


५ माघ, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बैंक अफ काठमान्डू लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार साेमबार बैंक अफ काठमान्डू लिमिटेडको १ करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।


बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी कुल १६ प्रतिशत वितरण गर्ने गर्ने निर्णय गरेको छ । सोहि बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । उक्त बोनस बैंककाे साधारणसभा र राष्ट्र बैंकबाट पारित भइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १४:३२