११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

प्रचण्ड र माधव कमरेड याद गर्नुस्, जेल जाने भनेकै अपराधी होः नेता पाण्डे (भिडियोसहित)


-प्रशान्तजंग पाण्डे

५ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका नेकपाका प्रमुख सचेतक केशवराज पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अपराध गरेकाहरू मात्र जेलमा पुग्ने सम्झाएका छन ।

प्रचण्डले माधव नेपाल र आफूलाई जेल हाल्ने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको भन्ने भाषण गरेको सन्दर्भ उल्लेख गर्दै उनले जेलमा पुग्नेहरू अपराध कर्म गरेकाहरूमात्र हुने बताए । उनले अपराध नगरेको भए प्रचण्ड र नेपालमा जेल जाने डर नहुने बताए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० र ११ को संयुक्त वडा भेलामा सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्रीलाई काम गर्न नदिएर प्रचण्डहरूले संसद विघटनको अवस्थामा पुर्याएको बताए । उनले प्रचण्ड र नेपालसँग सरकारले काम गरेन भन्ने नैतिक अधिकार समेत नरहेको बताए ।

 सो कार्यक्रममा बेलकोटगढी नगरपालिकामा प्रमुख एवं नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्ररमण खनालले केपी ओलीको सरकार गठन भएपछि विकासको बहार आएको बताए । उनले बेलकोगढीको १० र ११ मा मात्रै पनि करोडौँको योजनाहरू अहिले पनि चालू रहेको बताए ।

सोही कार्यक्रममा नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवं पार्टीका पर्यटन विभागका प्रमुख काशिराज अधिकारीले विश्वमै नभएको काम नेपाल सरकारले गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा एकै दिन ३१० ठाउँमा अस्पातलको शिलान्यास गरेर सरकारले विकासमा क्रान्ति गरेको बताए । उनले नुवाकोटमा मात्रै पनि विसका लागि सरकारले धेरै काम गरेको बताए ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १३:३४