७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मेगा बैंकको नयाँ शाखा कीर्तिपुरमा


४ माघ, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबार देखि शाखा सञ्चालनमा ल्याएको छ ।  कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो ।

मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आईतवार १७:२९