७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

युवामा ओली क्रेज, समर्थकको पाखुरीमा प्रधानमन्त्री ओलीको ट्याटु (फोटोफिचर)


३ माघ, काठमाडाैँ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बनेर समानान्तर गतिबिधि चलिरहेको समयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको तस्बीर अंकित ट्याटु युवाको पाखुरीमा देखिन थालेको छ । लाईयुवामा ओली क्रेजयुवामा ओधादिङका एक युवाले प्रधानमन्त्री ओलीको फोटो सहितको ट्याटु आफ्नो पाखुरीमा खोपाएका छन ।

धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नेकपाका एक जना सामान्य कार्यकर्ता विक्रमजंग रानाले प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खोपाएका हुन । उनले काठमाडौँको कालीमाटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको बताए ।

दैनिकीसँग कुरा गर्दै रानाले प्रधानमन्त्री माथि भैरहेको चौतर्फी आक्रमण र घेराबन्दीविरूद्ध डटेर लड्न प्रधानमन्त्रीलाइ सहास प्राप्त होस भन्ने हेतुले आफूले ट्याटु खोपेको जानकारी दिए । उनले विकासको मुल फुटाउने काम गरेका ओलीलाइ नै काम गर्न नदिएर अन्य नेताहरूले गम्भीर गल्ती गरेको बताए । उनले ट्याटु खोपेको थाहा पाएपछि धेरै साथीहरूले अाफ्नो पनि ट्याटु खोप्ने काममा सहयोग पुर्याइदिन अनुरोध गरिरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार २२:३०