१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डिम्याट प्रयोगकर्ता २५ लाख नाघे, शेयर कारोबारप्रति जनताको चासो बढ्दै


३ माघ, काठमाडौं । डिम्याट खाता खोल्ने नेपालीहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको छ। पछिल्लो २ महिना यतामात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका छन् । तर, डिम्याट खाता भएका सबैले भने आईपीओका लागि आवेदन दिने गरेका छैनन् ।

केही दिन अघिमात्रै खुला भएको चन्दागिरी हिल्स लिमिटेडको आईपीओमा १३ लाख हाराहारीले आईपीओका लागि आवेदन दिएका छन् । यो नै इतिहासको सबैभन्दा धेरै आईपीओमा आवेदन परेको हो । आईपीओ खुला भएको पहिलो दिनकै आवेदनले पनि चाडै नयाँ रेकर्ड बस्ने देखिएको छ ।

‘मेरो सेयर’ नामक मोवाइल एप्लीकेसन सुविधा ल्याएर सीडीएसले घरबाटै आईपीओका लागि आवेदन दिने व्यवस्था गरेको छ । अव शेयर आवदेन दिनकै लागि बैंकमा गएर दिनभर लाइन लाग्नु पर्ने बाध्यता अब हटिसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार २०:४५