१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मुख्यमन्त्री राईले मोडलसँग विवाह गर्दै


३ माघ, काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासँग विवाह गर्ने भएका छन् । मुख्यमन्त्री राई र शेर्पाबीच यहि माघ ११ गते काठमाडौँमा विवाह हुँदैछ ।

सिम मंगाेल भएदेखिनै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्छिन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १३:५२