१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्विजरल्यान्डमा समलिङ्गी विवाहलाई सरकारी मान्यता


३ माघ, काठमाडौँ । स्विजरल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानुन बनाएको छ । स्विजरल्यान्डकाे संसदले समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो । यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरू जस्तै सानो उच्च पर्वतीय देश स्विट्जरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ ।

तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियनले भने यसमा असहमति जनाउँदै सो कानुनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग गरेको छ । यसअघि सम्म युरोपका थोरै देशहरू मध्ये स्विजरल्यान्डमा पनि समलिङ्गी विवाह अबैध थियो । यो कानुन सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुँदै आएर अहिले पारित भएको हो ।

समलिङ्गी विवाहसम्वन्धी कानुन पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १२:०८