११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

ककनीमा पूर्व एमालेका दुई व्यक्ति बाहेक सबै नेता कार्यकर्ता मुलधारको नेकपामा


२ माघ, काठमाडाैँ । नुवाकोटको ककनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएको बताएका छन । शुक्रबार गाउँपालिकाको केन्द्र रानीपाैवा भएको गाउँपालिकाको विस्तरित बैठकमा दुई व्यक्ति बाहेक नेकपाका सबै नेता र कार्यकर्ता मुलधारको नेकपाको पक्षमा खुले ।

जितबहादुर बलामी र अच्युत पाण्डे दुई जना स्थानीय नेताबाहेक सबै मुलधारको पार्टीमा क्रियाशिल बनेका छन । गाउँपालिकाको नेतृत्व र फरक गुटका नेताले चेतावनी र धम्कीका बीच नेता कार्यकर्ता उत्साहित रूपमा मुलधारमा उभिएका हुन ।

शुक्रबारको विस्तारित बैठकले ७५ स​द​स्यीय​ कमिटीलाई १८१ स​द​स्यीय​ कमिटी बनाएको छ । बैठकले ९० ज​नालाई गाउँपालिका पार्टी कमिटीमा म​नोनित​ ग​रेको छ​ । य​स्तै १६ ज​नालाई पुन​ म​नोन​य​न​ ग​र्ने निर्ण​य​ ग​रेको छ​ । ८ व​टै व​डाको व​डा संयोज​क र​ स​चिव​लाई व​डा कमिटी ब​नाउने ग​री जिम्मेवारी तोकिएको छ​ ।

य​स्तै १०१ ज​ना स​द​स्य​ र​ह​ने ग​री यूवा संघ​ नेपाल​ ककनी गाउँपालिका कमिटी ग​ठ​न​ ग​र्न​ बिनोद​ लामालाई संयोज​क र​ जित​ब​हादुर​ ब​लामीलाई सह संयोज​कको जिम्मेवारी दिईएको छ​ । व​डा कमिटी कम्तीमा ३१ ज​ना र​ ब​ढिमा १०१ ज​ना स​म्म​को ब​नाउने निर्ण​य​ ग​रिएको छ​ । पुर्व​ एमाले बाट​ जित​ब​हादुर​ ब​लामी र​ व​डा नं ७ का व​डा अध्य​क्ष​ बाहेक स​बैको उप​स्थिति रहेको छ । बैठकमा झण्डै पाँच सय जना उपस्थित रहेका थिए ।

     

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार २२:०६