१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राज्यको पैसा नलिने सरकारी राजदूत अर्थात ‘टुरिस्ट गाईड’


भुमराज तिवारी 

२ माघ, काठमाडाैँ । गाईड भन्ने वितिकै हामी बाटो देखाउने मान्छे सम्झन्छौँ । बाटो मात्र देखाएर गाईडको कर्तव्य पूरा हुन सक्दैन । गाईड हुन केही विशेष योग्यता र क्षमता हुनुपर्दछ । शैक्षिक रुपमा निश्चित योग्यता सँगसँगै लगनशील, अध्ययनशील, नेतृत्व गर्न सक्ने, कठिन परिस्थितालाई पनि सहजतामा ढाल्न प्रयत्न गर्ने, सहजै घुलमिल हुने, सकारात्मक सोच हुनैपर्छ नभए पेशामा टिक्न सकिदैन । आकर्षक व्यक्तित्व सँगसँगै रमाइलो स्वभाव भएका गाईड पर्यटकको रोजाईमा पर्ने गर्छन ।

नेपालमा हाल टुर, ट्रेकिङ, माउन्टेन, नेचर, वर्ड वाचिङ लगायत विभिन्न प्रकारका गाईडहरु पर्यटकको सेवामा खटिने गरेका छन । निश्चित तालिम लिएपछि मात्र संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले गाईड लाईसेन्स जारी गर्ने गर्दछ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक सम्पदाहरु अभिरुचीपूर्वक देखाउने र त्यसको जानकारी दिने कामको नेतृत्व गर्ने गाईड लाई पैसा नपाउने सरकारी राजदुत (अनपेड एम्वेस्डर) भनेर समेत चिनिन्छ । एउटा पर्यटक विमानस्थलमा ओर्लिएदेखि सबै घुमघाम गरी विदाईको लागि विमानस्थलसम्म पुर्याउने कामको नेतृत्व गर्ने काम गाईडकै हुन्छ ।

नेपालको सत्य, तथ्य सूचना तथा आदरसत्कार गर्ने सम्पूर्ण जिम्मेवारी गाईडकै हुने भएकोले एम्वेस्डर भनिएको हो । सरकारले पैसा नदिए पनि देशको सकारात्मक प्रचार प्रसार गर्न गाईडहरुले महत्वपूर्ण काम गरिरहेका हुन्छन् । विदेशीसँग बिहान उठेदेखि नसुतेसम्म उठबस र दोभाषेको काम गर्ने गाईड जीवनका अनेक सुखद र केही अप्ठ्याराहरु पनि छन । विगत १० वर्षदेखी ट्रेकिङ र टुर गाईडको रुपम सक्रिय रामकृष्ण पुडासैनीसँग दैनिकीका लागि गरिएको संवाद तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार २१:००