१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अहिलेका नेतामध्ये धेरै भ्रष्टाचार अभियोगमा राजनीतिबाट बाहिर हुन्थेः पूर्व सचिव त्रिताल


२ माघ, काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव एवं बालुवटार जग्गा प्रकरण सतहमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेरका शारदाप्रसाद त्रितालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मात्रै सही काम गरिदिएको भए अहिलेका नेताहरू मध्ये धेरैजसो नेता भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर गैसक्ने बताएका छन ।

पूर्व सचिव त्रितालले भगवान पुकार्दै समाजिक सञ्जाल फेसकुबमा भनेका छन ‘हे भगवान १ अख्तियारले मात्र पनि सही काम गरिदिएको भए( अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे । देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने इमान्दार नेताहरुले जिम्मेवारीमा पुग्ने अवसर पाउने थिए ।’

अख्तियारले इमान्दारिता पूर्वक काम गरिदिएको भए भ्रष्टाचार गर्न खोज्ने अरू पनि तर्सित हुने अवस्था आउने भन्दै उनले भनेका छन ‘बाँकी फटाहाहरुमा पनि डर हुने गर्थ्यो र अहिलेको जस्तो हाकाहाकी भ्रष्टाचार गर्न अघि सर्दैनथे र भ्रष्टाचार गरिहालेमा अख्तियारले क्रमश कारवाही गर्दै जान्थ्यो । भ्रष्ट नेताहरुको साथमा लागेर देशलाई कङ्गाल बनाउन सघाउने उच्च स्तरका अनेकौं कर्मचारीहरु पनि भ्रष्टाचारको अभियोगमा कारवाहीमा परिसकेका हुन्थे ।’

उनले भ्रष्टमाथि निर्मम ढंगले कारबाही गर्ने अवस्था आएको भए योग्य र इमान्दार कर्मचारीहरुले सहज किसिमले काम गर्न पाउने अवस्था बन्ने बताएका छन । सोही कारण देशको विकास निकै अगाडि बढिसकेको हुने र अहिलेको राजनीतिक संकट पनि नआउने बताएका छन ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार ०९:४५