६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१ माघ, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनकाे मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेकाे छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीकाे मूल्य पनि घछेकाे छ । आज  १५ रूपियाँले घटेर चाँदीकाे  मूल्य प्रतितोला १२४५ रुपैयाँ कायम रहेकाे छ । अघिल्लो दिन चाँदीकाे मूल्य प्रतितोला १२६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ११:४०