६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

कांग्रेसका नेता समेत रहेका आरआरका शिक्षक यौनहिंसाको आरोपमा पक्राउ


२९ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नेता समेत रहेका काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा शिक्षक याैन दूर्व्यवहारको मुद्दामा पक्राउ परेका छन । आरआरका शिक्षक ४५ वर्षीय विष्णुप्रसाद आचार्य सोमबार पक्राउ परेका हुन । उनी नेपाली कांग्रेस निकटको प्राध्यापक संघका राजनीति गर्छन ।

तस्बीर आचार्यको फेसबुकबाट साभार गरिएको हो ।

कलेजमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन दूर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । उनको यसअघि पनि यौन दूर्व्यवहारका विषय बाहिर आएका थिए । यौन दूर्व्यवहारको आरोपमा प्रहरीले शिक्षकलाइ कलेजबाट पक्राउ गरेपछि विद्यार्थीहरूले कडा कारबाहीको माग गरेका छन ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १९:०९