१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मनाङको नासोंमा लागेको आगो यसरी नियन्त्रणमा लिँदैछ नेपाली सेना (फोटोफिचर)


२९ पुस, काठमाडौँ । नेपाली सेनाले मनाङ जिल्लाको नासों गाउँपालिकामा भएको भीषण आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । बुधबार सेनाले नेपाल टेलिकमको टावर तर्फ बढ्दै गएको आगो भने नियन्त्रणमा लिन सफल भएको छ । नासों गाउँपालिकाको वडा नं। ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रणको लागि सेनाको रणदल गुल्मबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्णरुपमा नियन्त्रणमा आइनसकेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १८:२२